स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशतले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.६५०५ प्रतिशतले हुन आउने ८३ लाख ९४ हजार ९७४ रुपैयाँ नगद लाभांश गरि कुल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स