मिर्मिरे लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा अन्तिम दिनसम्म १३०.६३ गुणा बढी आवेदन परेको छ । आज साँझ ५ः१२ बजेसम्मा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

जुन लघुवित्तले निष्काशन गरेको सेयरको १३०.६३ गुणा बढी हो ।

लघुवित्तले असोज २५ गतेदेखि आज असोज ३० गतेसम्म एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स