काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृत कम्पनीहरुले लाभांश वितरण गर्ने घोषणा गर्न थालिसकेका छन् । केही कम्पनीहरुले लाभांश वितरण घोषणा गरेर बुक क्लोज गरिसकेका छन् । भने, केही कम्पनीहरु लाभांश घोषणाको तरखरमा छन् ।
नेप्सेमा सूचिकृत ४२ वटा कम्पनीहरुको लाभांश घोषणा भए पनि बुक क्लोज भएको छैन । जसमा लाभांश घोषणा गर्नेमा सबैभन्दा धेरै लघुवित्त कम्पनीहरु रहेको छन् । १८ वटा लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । ९ वटा वाणिज्य बैंक, ८ वटा हाइड्रोपावर, ३ वटा उत्पादन मुलक कम्पनी, २ वटा विकास बैंक र १/१ वटा लगानी र फाइनान्स कम्पनी छन् ।
सबैभन्दा धेरै यूनिलिभर नेपालले लाभांश घोषणा गरेको यूनिलिभरले ६५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
वाणिज्य बैंकहरु मध्येमा उच्च लाभांश हिमालय बैंकले घोषणा गरेको छ । बैंकको लाभांश २६ प्रतिशत छ । जसमा २१.३८ बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश छ ।
हालसम्म लघुवित्तहरुमध्येमा महिला लघुवित्तको लाभांश धेरै छ । महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।
केहि कम्पनीहरुको लाभांश नियमक निकायबाट अनुमोदन भइसकेको छ भने केहिको हुने क्रममा छ । कम्पनीहरुको वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।