काठमाडौं । मंगलबार, नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ८४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआइबियल प्रगती फण्डको ७.३५%, स्वेत गंगा हाइड्रोपावरको ६.९१%, सिद्धार्थ इक्युटी फण्डको ६.४८%, मेगा म्युच्युअल फण्डको ६.४०%, मिथिला लघुवित्तको ५.९२ प्रतिशतले सेयरमूल्य बढेको छ ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको ८.५३%, सुपरमाई हाइड्रोपावरको ६.४५%, हिमालयन लघुवित्तको ५.९९%, प्रभु बैंक डिभेन्चरको ५.८७%, सानिमा ग्रोथ फण्डको ५.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।