काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ८४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हाथवे इन्भेष्टमेन्ट नेपालको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख, एनआईसी एसिया बैंकको २ करोड ९८ लाख, नबिल बैंकको २ करोड १७ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।