सानिमा सेक्यूरिटीजले गर्यो कारोबार सुरु

काठमाडौं । यस सानिमा सेक्यूरिटीज ब्रोकर नं. ८३ ले आज असोज २९ गते देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरेका छन् ।

समुद्घाटन् समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

यस सानिमा सेक्यूरिटीज लिमिटेडले गत साउन १० गते नेपाल धितोपत्र बोर्डबाट र भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स