सातामा करिब साढे ४ प्रतिशत घट्यो नेप्से, कसले कमाए, गुमाउनेमा कुन कुन परे ?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेर छ । गत साता १९५६.९२ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.२१ प्रतिशत अर्थात ८२.३२ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साता बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो ।

यस साता नेप्सेको दैनिक औषत सेयर संख्या ५.६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १९.०७ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३.७५ प्रतिशत अर्थात १ खर्ब ११ अर्ब रुपैयाँ घटेर २८ खर्ब ७२ अर्बमा सीमित भएको छ ।

कुन समूहको अवस्था कस्तो ?
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ५२११.६८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३१४.४३ अंक घटेर ४८९७.२५ विन्दुमा झरेको छ। यस साता सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५९८.५९ अंक घटेको छ ।

कसको बढ्यो/घट्यो
यस साता सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक २८.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस साता सर्वाधिक १९.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस साता बाराही हाइड्रोपावरको सेयरमूल्य साढे १७ प्रतिशत घटेको छ भने सानिमा जीआईसी इन्स्योरेन्स र घलेम्दी हाइड्रोको सेयरमूल्य १५ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स