मिर्मिरे लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन तथा बिक्री खुला भएको छ। लघुवित्तले आज असोज २५ गतेदेखि एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

एफपीओको निष्कासन बन्द छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन पाइने छ ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स