पाँच कम्पनीले मागे आईपीओ निष्काशनका लागि बोर्डको अनुमति, करिब साढे ७ अर्ब रूपैयाँ बराबरको सेयर ल्याउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पाँच वटा कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएका छन् ।

बुधबार जगदम्बा स्टिल लिमिटेड, एसवाई प्यानल नेपाल, माविलुंग लिमिटेड, एपेक्स हस्पिटालिटी र यमवालिङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

जसअन्तर्गत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्काशनको अनुमति माग गरेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ।

माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशनका लागि अनुमति माग गरेको छ ।

एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

यी ५ कम्पनीले ७ अर्ब २५ करोड ३३ लाख ७ हजार ८ सय रुपैयाँको ३ करोड २३ लाख ९३ हजार ७८ कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स