तीन कम्पनीमा सकारात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । साताको चौंथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ३३ हजारको कित्ता सेयर १ अर्ब ८ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटी होटलको १०%, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्तको ९.९२%, सयपत्री हाइड्रोपावरको ९.८५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सको ४.२१%, ग्रीन विकास बैंकको ३.४१%, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ३.४०%, सुपर मादी हाइड्रोपावरको ३.३१%, बीपीडब्लू लघुवित्तको ३.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स