काठमाडौं । साताको चौंथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख ३३ हजारको कित्ता सेयर १ अर्ब ८ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, माण्डु हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ८० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको ३ करोड ५४ लाख, नबिल बैंकको ३ करोड ३१ लाख, हाथवे इन्भेष्टमेन्टको ३ करोड १९ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।