नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल र माण्डु हाइड्रोपावरको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आज बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको कारोबार सुरु भएको हो ।

जसअनुसार, हाथवे इन्भेष्टमेन्ट नेपालको पहिलो कारोबार प्रति कित्ता २८५.२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज प्रतिकित्ता ९५.०९ रुपैयाँदेखि २८५.२७ रुपैयाँसम्म तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेको कम्पनीको सेयर उच्चतम बिन्दुबाट कारोबार सुरु भएको हो। कम्पनीको ‘एचएटीएचवाई’ सिम्बलबाट कारोबार भएको छ ।

मंगलबार कम्पनीको कुल २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, माण्डु हाइड्रोपावरको पहिलो कारोबार प्रति कित्ता ३७३.२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज प्रतिकित्ता १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँसम्म तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेको कम्पनीको सेयर उच्चतम बिन्दुबाट कारोबार सुरु भएको हो। कम्पनीको ‘एमएएनडीयु’ सिम्बलबाट कारोबार भएको छ।

मंगलबार कम्पनीको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स