काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
मंगलबार, नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज ४२ लाख ४७ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ४४ लाख, एनआईसी एसिया बैंकको ३ करोड २ लाख, शिवम् सिमेन्ट्सको २ करोड ६३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।