यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक १२.५८अंकले घटेर १९०८.६६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख २७ हजारको कित्ता सेयर १ अर्ब १७ करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सयपत्री हाइड्रोपावरको ६.८८%, थ्री स्टार हाइड्रोपावरको ४.४६%, हिमालयन पावरको ४.३८%, इमर्जिङ नेपालको ४.३६%, सिटिजन्सर म्यूचल फण्ड–२को ३.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, वाराही हाइड्रोपावरको १०%, हिमालयन लघुवित्तको ९.९९%, प्रोगृशिभ फाइनान्सको ५.२०%, सानिमा जिआईसीको ४.८९%, पिपल्स् पावरको ४.१३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स