आज नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

सोमबार, नेप्से परिसूचक १२.५८अंकले घटेर १९०८.६६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख २७ हजारको कित्ता सेयर १ अर्ब १७ करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख, हिमालयन लघुवित्तको ३ करोड ११ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख, शिवम् सिमेन्ट्सको २ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स