काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंक विन्दुमा आइपुगेको छ ।
आज ५८ लाख १५ हजारको कित्ता सेयर १ अर्ब ८० करोड १७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ७३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख, नबिल बैंकको ५ करोड ३४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख, एनआईसी एसिया बैंकको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।