दशैंपछिको आइतबार १७.४५ अंकले बढ्यो नेप्से

काठमाडौं । दशैपछि आइतबार खुलेको धितोपत्र बजार १७.४५ अंकले बढेको छ । बजार बढेसँगै नेप्से परिसूचक बढेर २६ सय ५६ दशमलव ८२ अंक पुगको नेपाल स्टकएक्चेन्जले जनाएको छ ।

दशैंपछि खुलेको बजार हरियाली हुँला १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अब कात्तिक लागेसँगै बजार बुलिस ट्रेनमा जाने अपेक्षा गरिएको छ । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने संकेत गरेका छन् । सानिमा लगायतका केही वाणिज्य बैंकले घटेको ब्याजदर सार्वजनिक गरिसकेका छन् ।

योसँगै बजारमा नयाँ भाइव्रेट आएको छ । कर्जा लगानीमा समस्या देखिएको कारण मौद्रिन नीतियता बजार तलमाथि भइ खुम्चिदै गएको थियो । पछिल्लो समय अब बजार जति घटेपनि २५÷२६ सय अंकबाट नघट्ने अनुमान लगानीकर्ताहरूले गर्न थालेका छन् ।

यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने विश्लेषण हुन थालेको छ । किन भने यसअघि ब्याजदर बढेपछि सेयर बजार घटेको थियो । अरु बैंकहरुले पनि अब नयाँ ब्याजदर सार्वजनिक गर्दैछन् । त्यसआधारमा पनि सेयर बजारको आगामी गति तय हुने अनुमान गरिएको छ । यसबाहेक राष्ट्र बैंकले मौद्रिक नीति पुनरावलोकनमा सेयर बजार सुधारका केही कदम चाल्न सक्ने आशामा लगानीकर्ता बसेका छन् ।

यतिबेला लाभांशको सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । केही बुक क्लोज र साधारण सभाको मिति पनि सार्वजनिक गरिसकेका छन् । यसआधारमा अहिले सेयरधनी बन्नेले छोटो समयमा लाभांंश हात पार्न सक्नेछन् ।

सेयर बजारमा छोटो समयमै ठूलो करेक्सन आएको छ । राम वित्तीय सूचक भएका कम्पनीहरुको मूल्य पनि तुलनात्मकरुपमा निकै सस्तो भएको अवस्था छ । यसले लगानीकर्ता आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

सस्तो भएका बेला किन्ने र राम्रो मुनाफा प्राप्त भएपछि बिक्री गर्ने सिद्धान्त अनुसरण गर्नुपर्ने उनीहरुको भनाई रहेको छ । सेयर बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी हुन्छ ।

२१८ कम्पनीको ४७ लाख ६० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । ८ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स