आरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद गरि कुल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स