दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख २३ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मध्ये भोटेकोशी जलविद्युतको १०% र बुद्ध भुमि नेपाल हाइड्रोपावरको ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । इन्फिनिटी लघुवित्तको ९.८५%, सिवाईसी नेपाल लघुवित्तको ७.६२%, दिव्यश्ररी हाइड्रोपावरको ७.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, समता घरेलु लघुवित्तको ६.६१%, हिमालयन लघुवित्तको ४.५५%, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.८७%, आशा लघुवित्तको ३.८४%, एनआईसी एशिया सेलेक्ट फण्ड–३० को ३.४१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स