‘विश्व लगानीकर्ता सप्ताहको अवसरमा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले सेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन लगानीकर्ता दुर्गा तिवारी रिजालले विरुवामा पानी हालेर गरेकी थिइन् ।

कार्यक्रममा दुर्गा तिवारीले सबै विद्यार्थीहरुलाई विशेष गरी महिलाहरुलाई सेयर बजारमा सहभागी हुन आग्रह गर्दै उनीहरुलाई आर्थिक रुपमा स्वतन्त्र हुन सुझाव दिएकी थिइन् । कार्यक्रममा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विद्यार्थीलगायत सबैलाई सानो सानो बचत गर्ने बानी बसाल्न र भविष्यका लागि लगानीमा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा सेयर बजार प्रशिक्षक सुवास भट्टराईले बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष ढकाल, बलराम राई, सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्रोपर्टी विजार्ड प्रालिका कार्यकारी अध्यक्ष उद्धव शिवाकोटी, क्यापिटल म्याक्सका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठ, भोलेगणेश सेक्युरिटीजका जनरल म्यानेजर अञ्जिव तुलाधर, रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापा तथा बोर्ड सदस्य निदेशक नंदू प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रिलायन्स कलेजका १५८ विद्यार्थीहरू र १२ शिक्षकहरू लगायत अन्य ब्रोकर कम्पनीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स