सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाईै वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशतले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५।७९ रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले कार्तिक २३ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीको साधारणसभामा जुम खोला जलविद्युत आयोजना (५६ मे.वा.) को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावर लि.को सेयरमा अधिकतम १ अर्ब ५० करोड सम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै जुम खोला जलविद्युत आयोजना (५६ मे.वा.) को बैक कर्जा प्रयोजनका लागि प्रचलित कानूनले तोकेको सीमा भित्र रही संस्थागत जमानत दिने सम्बन्धमा, साधारण सभाको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभा समक्ष प्रस्ताव पेश हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स