सोनापुर मिनरल्सको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म १ अर्ब ३९ करोड ८२ लाख ७७ हजार ९० रुपैयाँ बराबरको आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्ममा ४ लाख ९९ हजार ५७५ जनाले ५८ लाख ८५ हजार ५०० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।

कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा स्थानिय बासिन्दाहरूले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स