बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले स्थानीय र सर्वसाधारणको लागि कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

योसँगै, अब बोर्डले अनुमति प्रदान गरेमा कम्पनीलाई आईपीओ निष्काशनको लागि बाटो खोल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स