काठमाडौं । सोमबार, नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ अंक विन्दुमा आइपुगेको छ ।
आज ५७ लाख ७६ हजारको कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । इन्फिनीटी लघुवित्तको ९.६६%, सामुदायिक लघुवित्तको ९.४९%, हिमालयन उर्जा विकास कम्पनीको ७.१७ प्रतिशतले सेयर मूल्य बढेको छ ।