यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज ५७ लाख ७६ हजारको कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख, सोल्टी होटलको ८ करोड १० लाख, एभरेष्ट बैंकको ५ करोड ३१ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स