आज सिटिजन लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० अंक विन्दुमा आइपुगेको छ ।

आज ६७ लाख २३ हजारको कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ७३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ९ करोड ३५ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४० लाख, शिवम् सिमेन्ट्सको ४ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स