मुक्तिनाथ कृषि कम्पनीले पायो १४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुक्तिनाथ कृषि कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई असोज १० गते आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सेयर निष्काशनको अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ । यो मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स