बोर्डद्वारा नेपाल वेयरहाउजिड्गलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई असोज १० गते आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैंयामा १३ लाख ६५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ।

कम्पनकिो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १६२.७५ करोड रहेकोमा सो लगानी मध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेष्ट बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं, कृषी विकास बैंकको सहबित्तियकरणमा गरिएको छ।

यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेत लगायतका लगानीकर्ताहरुबाट लगानी जुटाईको छ। यस कम्पनीको हालको चुक्ता पुँजी ५५ करोड रहेकोमा साधारण निष्काशन बाट १३.७५ करोड जुटाईने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स