काठमाडौं । साताको चौंथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० अंक विन्दुमा आइपुगेको छ ।
आज ७० लाख ६१ हजारको कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको ६ करोड १९ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख, शिवम् सिमेन्ट्सको ५ करोड ७९ लाख, नागरिक लगानी कोषको ५ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।