सीडीएससीले एपीआई कार्यान्वयनमा ल्याउने,अब रियलटाइमा डाटा पाउन सकिने, आईपीओ भर्दा पैसा भए तुरुन्तै भेरिफाई नभए रिजेक्ट

काठमाडौं । अब आईपीओ भर्दा बैंक खातामा पैसा भए भेरिफाई र नभए तत्कालै रिजेक्ट हुने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २ गते एपीआईसम्बन्धी कार्यविधि पारित गरेपछि यस्तो व्यवस्था लागू हुने भएको हो ।

एपीआईले रियल टाइम डाटा उपलब्ध गराउने सीडीएस एण्ड क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । ‘हामीले एपीआई सफ्टवेयर जडान गरेका हौं,’ अब कुनै पनि भेण्डरले एपीआई लिएर आफ्नो डाटा रिलयटाइमै भेरिफाइ गराउँन सक्नु हुन्छ । हामीले एपीआई कार्यविधि बनाएर सेबोन पठाएका थियो,’ उक्त कार्यविधि स्वीकृत भएर आएको छ ।’

बैंक, मर्चेन्ट बैंक, ब्रोकर, सि–आस्वा प्रयोगकर्ता सबैले एपीआई प्रयोग गर्न सक्छन् । यसले रियलटाइममा डाटा हेर्ने सुविधा दिलाउँछ ।’सीडीएससीको डाटासँग इन्ट्रिग्रेसन गर्ने (बैंक, ब्रोकर, मर्चेन्ट बैंकलगायत)हरुले यो व्यवस्था लागू गर्न सक्ने सीईओ आचार्यले बताए । ‘एपीआईमार्फत रियल डाटामा एक्सेस दिन सकिन्छ’, उनले भने।

जस्तैः हामीले आईपीओ भर्यौ, यदि त्यो बैंकले एपीआई लियो भने तत्कालै आईपीओ भर्नेको खातामा पैसा छ कि छैन भनेर तुरन्तै थाहा पाउन सकिन्छ । पैसा छ भने भेरिफाई हुन्छ र छैन भने रिजेक्ट हुन्छ ।

सीडीएससी एण्ड क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको उक्त कार्यविधि अनिवार्य भने होइन । यो स्वच्छिक हो । थोरै शुल्क तिरेर यो सुविधा उपयोग गर्दा रियलटाइम वास्तविक अवस्था थाहा पाउन सकिने हुन्छ । आवश्यक भएकालाई एपीआई दिने हो ।

के हो एपीआई ?
यो एक प्रकारको इन्टरफेस प्रोग्रामिङ सफ्टवेयर हो । यो सफ्टवेयरबाट रिलल टाइम डाटा पाउन सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स