काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार, नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज ८७ लाख ४ हजारको कित्ता सेयर २ अर्ब ९ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९० वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ३४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १३ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ९८ लाख, हिमाल दोलखा हाइड्रोपावरको ५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।