तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९० लाख ३ हजारको कित्ता सेयर २ अर्ब ३२ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.७३%, अपर स्यांगे हाइड्रोपावरको ४.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, शुभम् पावरको १०%, नबिल ब्यालेन्स फण्ड २ को ५.४५%, माया खोला हाइड्रोपावरको ५.३७%, न्यादी हाइड्रोपावरको ५.२९%, पिपल्स् हाइड्रोपावरको ५.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स