दुई अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९० लाख ३ हजारको कित्ता सेयर २ अर्ब ३२ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड २४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७३ लाख, शिवम् सिमेन्ट्सको ९ करोड १२ लाख, एनआईसी एसिया बैंकको ८ करोड ७५ लाख, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स