काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्दछ । सोहीअनुसार कम्पनीको सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।
नेप्सेले कम्पनीलाई ‘आरटीएस’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ७४ रुपैयाँ र अधिकतममा २२२ रुपैयाँ तोकेको छ।
भोलि स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।