नेप्सेमा सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ।

आइतबार सरकारको ६ वर्षे अवधिका विकास ऋणपत्र २०८६ ‘छ’ र ८ वर्षे अवधिका २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो।

विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्काशन भएको थियो। यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन्। उक्त ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ।

त्यस्तै, विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्काशन भएको थियो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। उक्त ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स