काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले एफपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो ।
बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ जारी गर्नेछ । जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।
कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।