सेबोनले गर्यो केयर रेटिङस् नेपाललाई कारवाही, ५० हजार जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले केयर रेटिङ कम्पनी केयर रेटिङस् नेपाललाई कारवाही गरेको छ। असोज २ गते मंगलबार बसेको बोर्डको संचालक समितिको बैठकले नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो ।

विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको मुख्य लगानी रहेको अन्य कम्पनीको रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डको २४ पुस २०७९ मा बसेको सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्किरण सोधेको ८ महिना नाघेपछि कारवाही गरेको हो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ । तर कम्पनीले सो व्यवस्था विपरित रेटिङ गरेको खुल्न आएको थियो ।

केयर रेटिङमा विशाल ग्रुपको लगानी रहेको छ । तर कम्पनीले विशाल ग्रुपकै लगानी रहेका कम्पनीहरुको रेटिङ गरेको पाईएको थियो । विशाल ग्रुपकै लगानी रहेको घोराही सिमेन्टको आईपीओको रेटिङ पनि केयरले नै गरेको थियो । रेटिङ कै विषयलाई लिएर घोराही सिमेन्टको आईपीओ समेत केहि समय रोकिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स