आज असोज ३ गते संविधान दिवस, देशभरका बैंक तथा वित्तीय संस्थासहित सेयर बजार बन्द हुने

काठमाडौं । आज बुधबार अर्थात असोज ३ गते संविधान दिवस । संविधान दिवसको अवसरमा देशभरका बैंक तथा वित्तीय संस्था बन्द हुनुको साथै सेयर बजारमा पनि बन्द हुने भएको छ ।

आज संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था एवम् सेयर बजार पनि बन्द हुनेछन् ।

हिजो मंगलबार बढेर बन्द भएको बजार भोलि बिहीबार ११ बजेमात्रै खुल्नेछ । हिजो नेप्से परिसूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ अंकमा पुगेर बन्द भएको थियो । हिजो १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स