५ वर्षमा २७० प्रतिशतले बढेर डिम्याट खाता खोल्ने लगानीकर्ता संख्या ५८ लाख, डिम्याट खोल्ने महिला साढे ४२ प्रतिशत नाघे (ग्राफसहित)

काठमाडौं । ५ वर्षमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या २७० प्रतिशतभन्दा बढीले बढेर ५८ लाख २१ हजार पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा १५ लाख ७० हजार रहेको डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या गत आर्थिक वर्षसम्म बढेर ५८ लाख २१ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म यस्तो खाता खोल्ने लगानीकर्ताको संख्या ५१ लाख ४६ हजार थियो । एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या पौने ५ लाख रुपैयाँले बढेको छ ।

नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले धितोपत्र बजारको वर्तमान अवस्था र आगामी कार्यदिशा सम्बन्धी पेपर प्रस्तुत गर्दै डिम्याट खाता खोल्नेको संख्या ५ वर्षमा ह्वात्तै बढेको देखाएका हुन् ।

विगत २ वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार बढ्न नसक्दा लगानीकर्ताहरू पेनिक भएपनि डिम्याट खाता खोल्नेको संख्या भने उत्साहप्रद नै देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ सम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ८९ हजार थियो भने त्यसको अघिल्लो वर्ष आव २०७६/०७७ सम्म १७ लाख ५३ हजार लगानीकर्ताले डिम्याट खाता खोलेका थिए ।

अनलाइन लगइन गर्ने १५० गुणाले बढे

डिम्याट खाता खोल्ने लगानीकर्ता बढोत्तरी भएसँगै अनलाइन खाता लगइन लिने लगानीकर्ताको संख्या पनि बढेको छ । ५ वर्षको यो समिक्षा अवधिमा अनलाइन लगइन गर्ने लागनीकर्ताको संख्या १५० गुणाले बढेर १७ लाख ६३ हजार पुगेको छ ।

अघिल्लो आर्थिक वर्षसम्म अनलाइन लगइन लिने लगानीकर्ताको संख्या १४ लाख ८६ हजार थियो । आव २०७५/०७६ सम्म अनलाइन अगइन गर्ने लागनीकर्ताको संख्या ११ हजार ७६७ मात्रै थियो । त्यसपछि बढ्न थालेको ग्राफ बढेर ३५ लाख नाघेको छ । आव १०७७÷०७८ मा ७ लाख ९५ हजार पुगेको अनलाइन लगइन गर्नेको संख्या गत अघिल्लो आर्थिक वर्ष १४ लाख ८६ हजार ४४२ लागनीकर्ताले अनलाइन लगइन गरेका थिए ।

मेरोसेयर प्रयोगकर्ता ४९ लाख पुगे

योसँगै मेरो सेयर प्रयोगकर्ताको संख्या पनि बढेर ४८ लाख ९६ हजार पुगेको छ । ५ वर्षअघि मेरोसेयर प्रयोगकर्ता ५ लाख ६४ हजार थिए भने त्यसको पछिल्लो वर्ष ७ लाख ४२ हजार लगानीकताृले मेरो सेयरबाट सेयर भर्ने गरेका थिए । आव २०७७/०७८ मा साढे २८ लाख लगानीकर्ताले मेरो सेयर प्रयोग गरेका छन् भने गत आवमा यो संख्या बढेर ४३ लाख ९५ हजार पुगेको छ ।

४० प्रतिशत डिम्याट खाताको हिस्सा बागमती प्रदेशको

सेयर कारोबार गर्ने लगानीकर्ता सात प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा देखिएको छ । बागमती प्रदेशबाट ४० प्रतिशत लगानीकर्ताले डिम्याट खाता खोलेर सेयर कारोबार गरिरहेका छन् भने कोशी प्रदेशमा ३५ प्रतिशत लगानीकर्ताको डिम्याट खाता रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा डिम्याट खाता खोल्नेमा तेस्रो र चौथो स्थामा परेको छ भने मधेश प्रदशे पाँचौ स्थानमा रहेको छ । सूदुरपश्चिम प्रदेश डिम्याट खोल्नेको संख्याको हिसावले छैटौ स्थानमा हुँदा कर्णाली प्रदेश सबैभन्दा पुच्छारमा रहेको छ ।

धितोपत्र बोर्डले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको उक्त तथ्यांकले अझै पनि प्रदेशगत रुपमा सेयर साक्षरताको आवश्यकता रहेको देखाएको छ । बागमती प्रदेशमा बसोबार गर्ने नागरिक सेयर कारोबारमा अग्रस्थानमा भएपनि अन्य प्रदेशमा भने स्थानीय तहमै गएर सेयर शिक्षा दिएर लगानी गर्न आकर्षण गर्न सकिने अवस्था तथ्यांकले देखाएको छ ।

सेयर कारोबार गर्नेमा युवा अगाडी

युवा पिढी सेयर कारोबारमा बढी देखिएका छन् । १८ देखि ३० वर्ष उमेर समूहले सबैभन्दा धेरै डिम्याट खाता खोलेका छन् । १८–३० वर्ष उमेर समूहका ३५.७ प्रतिशतले डिम्याट खाता खोल्दा ४१ देखि ६० वर्ष उमेरका डिम्याट खाता खोल्ने लागनीकर्ता २६.६ प्रतिशत रहेका छन् ।

३० देखि ४० वर्ष उमेर समूहका लागनीकर्ताको हिस्सा २४.२ प्रतिशत रहेको छ भने १८ वर्षसमम्मका १४.५ प्रतिशतको डिम्याट खाता हुँदा६१ देखि ७० वर्षको जम्मा ५.२ प्रतिशतमात्रै डिम्याट खाता रहेको छ । ७० वर्ष माथिका डिम्याट खाता खोल्ने अत्यन्त कम देखिएका छन् । सो उमेरभन्दा माथि जम्मा २.६ मात्रैले डिम्याट खाता खोलेका छन् ।

लिङगको आधारमा डिम्याट खाता खोल्नेको संख्या सबैभन्दा बढी पुरुष देखिएका छन् भने डिम्याट खाता खोल्ने महिलाहरू साढे ४२ प्रतिशत रहेका छन् । डिम्याट खाता खोल्ने पुरुषको ५७.४ प्रतिशत रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स