काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ अंक विन्दुमा आइपुगेको छ ।
आज ४३ लाख ३६ हजारको कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रिलायबल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ६४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, ओरिन्टल होटल्स्को ४ करोड १० लाख, एनआईसी एसिया बैंकको ३ करोड ८५ लाख, माछापुच्छ्रे बैंकको २ करोड ५४ लाख, शिवम् सिमेन्ट्सको २ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।