मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज असोज २ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले भदौ २९ गते देखि सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । यस निष्काशनमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स