दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख ७४ हजारको कित्ता सेयर ८७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६२ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, इमर्जिङ नेपालमा ९.९९% र थ्रीस्टार हाइड्रोपावरमा ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । भुुगोल इनर्जिको ८.७२%, आरबीबी म्युचअल फण्ड २ को ७.९४%, मेन्छियाम हाइड्रोपावरको ७.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, शुभम् पावरको ९.९९%, पिपुल्स पावरको ४.९६%, समता घरेलु लघुवित्तको ३.५१%, सप्तकोशी विकास बैंकको ३%, गुँरास लघुवित्तको १.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स