काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ अंक विन्दुमा आइपुगेको छ ।
आज २८ लाख ७४ हजारको कित्ता सेयर ८७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६२ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रिलायबल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको ४ करोड ३४ लाख, साल्ट टे«डिङको ३ करोड ९९ लाख, एभरेष्ट बैंकको ३ करोड ६० लाख, आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।