घटेको बजारमा पनि बढी कारोबार गर्ने यी हुन् १० ब्रोकर

काठमाडौं । आज भदौ महिनाको अन्तिम दिन देशमा सञ्चालित बैंकहरूले असोज महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् । केहि बैंकले ब्याजदर घटाए पनि केहिले बढाएका छन् भने केहि बैंकले ब्याजदर स्थिर राखेका छन् ।
बैंकहरूले ब्याजदर बढाएर प्रकाशित गरेका कारण आइतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेको छ । घटेको यो बजारमा कमाउने ब्रोकर रहेका छन् ।

आजको कारोबारमा नासा सेक्युरिटीले २५ करोड ५४ लाख रुपैयाँको कारोबार गरेको छ भने भिजन सेक्युरिटीले २० करोड ५० लाख रुपैयाँको सेयर कारोबार गरेको छ । यी दुई सेक्युरिटीमध्ये नासा सेक्युरिटीले १० करोड १२ लाख रुपैयाँको सेयर किनेर १५ करोड ४१ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

भिजन सेक्युरिटीले १२ करोड ९६ लाख रुपैयाँको सेयर खरिद गरेर ७ करोड ५३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
इम्पेरियल सेक्युरिटीले ८ करोड १९ लाखको सेयर खरिद गरेर ७ करोड ९५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । उक्त सेक्युरिटीकले कुल १७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार गरेको थियो ।

अनलाइन सेक्यरिटीले आज आइतबार १६ करोड ६८ लाख रुपैयाँको कारोबार गर्दा सानी सेक्युरिटीले १६ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । आज अनलाइन सेक्युरिटीले ५ करोड ५३ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ११ करोड १५ लाख रुपैयाँको सेयर खरिद गरेको छ । सानी सेक्युरिटीले ८ करोड १७ लाख रुपैयाँको सेयर खरिद गरेर ५ करोड ६९लाख रुपैयाँ बिक्री गरी कुल कारोबार १३ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ ।

आर्यतार सेक्युरिटीले साढे १२ करोड रुपैयाँको सेयर कारोबार गरेको छ भने अग्रवाल सेक्युरिटीले ११ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । दक्षिणकाली सेक्युरिटीले ११ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार गर्दा डाइनामिक मनी म्यानेजरले ११ करोडको कारोबार गरेको छ । दिपशिखा धितोपत्र कारोबार कम्पनीले १० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स