सानवी इनर्जीले आईपीओ निष्काशनको माग गर्दै दियो बोर्डमा निवेदन

काठमाडौं । सानवी इनर्जी प्रा.लि.ले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले भदौ २७ गते आईपीओ निष्काशनको माग गर्दै बोर्डमामा निवेदन दिएको हो ।

बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले ३७ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स