दुई अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ५९ हजारको कित्ता सेयर २ अर्ब २ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड ५४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको २४ करोड ५२ लाख, एभरेष्ट बैंकको १२ करोड ५४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ४९ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स