मिड सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ४ गुणाबढी आवेदन परेको छ ।

आज साँझ ५ः११ बसेसम्ममा २ लाख ४८ हजार ९५५ जना आवेदकले २८ लाख ५६ हजार ७६० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ४.५९ गुणा बढी हो ।

कम्पनीले आज भदौ २९ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । यस निष्काशनमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स