प्रभु क्यापिटल गर्यो लाभांश घोषण, असोज १९ गते साधारणसभा

काठमाडौं । प्रभु क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट कर सहित ६.३१५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न क्यापिटलले साधारण सभा पनि बोलाइसकेको छ । क्यापिटलको साधारणसभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९÷०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०÷०८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रतिक्रिया

हेडलाइन्स