काठमाडौं । बुधबार, नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ अंक विन्दुमा आइपुगेको छ ।
आज ५१ लाख ४४ हजारको कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, वरुण हाइड्रोपावरमा १०%, शुभम् पावरमा ९.९९%, समता घरेलु लघुवित्तमा ९.८६ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । अरुण काबेलीको ९.०३%, अपि पावरको ८.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावरको ८%, सिटिजन्स म्यूचल फण्ड २ को ३.८०%, स्वाभिमान लघुवित्तको ३.२१%, नेपाल एसबीआई डिभेन्चर २०८३ को ३.१२%, ग्लोबल आइएमई ब्यालेन्स फण्डको १.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।