निफ्राको लाभांश संशोधन, ८ प्रतिशत बोनस दिने

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । यसअघि ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साढे आठ प्रतिशत नगद वितरण गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो । राष्ट्र बैंकले सो लाभांश वितरणमा स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो । राष्ट्र बैंकले यसअघि नै कुल लाभांशको ३० प्रतिशतमात्र नगद वितरण गर्न पाउने व्ययवस्था गरेको थियो । बैंकले राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकको लाभांश नमिलेपछि संशोधन गर्नुपरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स